५ असार,पर्सागढि । पर्साको बिरुवागुठी र आसपासका क्षेत्रमा आज मध्याह्नदेखि परेको वर्षाले केही दिनदेखिको चर्को गर्मीबाट राहत मिलेको छ। अत्यधिक गर्मीका कारण कष्टकर बनेको जनजीवनमा आजको पानीले शीतलता ल्याएको स्थानीयहरू बताउँछन्।
आजको वर्षाले किसानहरूमा भने मिश्रित प्रतिक्रिया दिएको छ। एकातर्फ, चैते धान (१४४२) पाकेर काट्ने बेला भएकाले केही किसान चिन्तित छन्। तर, भर्खरै पसाउन थालेको धानका लागि यो पानी अमृत समान भएको किसानहरू बताउँछन्।
पर्सागढी–३ का किसान नन्दलाल चौधरीका अनुसार, खडेरीका कारण हिउँदे धानको बीउ खसालेका किसानहरूलाई पनि यो वर्षाले फाइदा पुग्नेछ।
यता, पाकिसकेको धानको यस वर्ष राम्रो मूल्य नपाएका किसानहरूलाई भने वर्षाले थप चिन्ता बढाएको छ। किसान सुशील पौडेलले वर्षासँगै धानको मूल्य अझ घट्ने चिन्ता व्यक्त गरे।

















