Logo

६ असार, बुटवल । पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले बिहीबार राति यात्रुबाहक बस बगाएको छ । पूर्वबाट बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस राति करिब ११ बजेतिर बाढीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार बसमा सवार तीन बच्चासहित ३८ जना यात्रु सबैको सकुशल उद्धार गरिएको छ । बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।

गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइभर्सन बनाइएको थियो । तर, वर्षासँगैको बाढीले पटक–पटक उक्त डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुँदै आएको छ ।

हाल डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध छ भने दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकी बीच बाटोमै अलपत्र परेका छन् ।


सम्बन्धित समाचार
भर्खरै