Logo

६ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग छलफल गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुअघि अघि सभामुखले उनीहरुसँग छलफल गरेका हुन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पहिलो नम्बरमा राखिएको छ । यसै सन्दर्भमा सभामुख देवराज घिमिरेले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका हुन् ।

सभामुख घिमिरेले रास्वपालाई प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्दा अवरोध नगर्ने संसदीय अभ्यास स्मरण गराएका थिए। उनले रास्वपालाई आफ्नो सङ्घर्षको स्वरूप परिवर्तन गरेर वा केही समयका लागि स्थगित गरेर प्रधानमन्त्रीले सम्बोधन गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै वेल घेराउ र नाराबाजी गर्दै आएका छन्। संसदको गतिरोधलाई अन्त्य गर्ने उद्देश्यले सभामुखले पटक पटक छलफलाई जोड दिएका छन् ।


सम्बन्धित समाचार