६ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा देखिएको विवाद समाधान गर्नका लागि नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० का नेताहरूबीच छलफल भएको छ। यो छलफल बिहीबार भएको हो।
छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक,माओवादी केन्द्रका उपमहासचिवहरू वर्षमान पुन र शक्ति बस्नेत सहभागी हुनुहुन्थ्यो। स्रोतका अनुसार, छलफल मुख्यतया छानबिन समितिको मोडालिटी, कार्यक्षेत्र र समितिमा रहने सदस्यहरू बारे केन्द्रित थियो। एक नेताका अनुसार, हिजो हामीले सामान्य छलफल गर्यौँ, जतिसक्दो छिटो छानबिन समिति बनाएर अघि बढ्ने विषयमा सहमति भएको छ। आज पनि बसेर समितिबारे थप छलफल गर्ने कुरा भएको छ।
बैठकमा माओवादी नेताहरूले पूर्ववत सहमतिअनुसार जतिसक्दो छिटो संसद खुलाउनुपर्ने बताएका थिए। यसमा कांग्रेस नेताहरूले सकारात्मक प्रतिक्रिया दिएको स्रोतले जनाएको छ। यो छलफल संसदमा भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)ले गर्दै आएको अवरोधका बीच भएको हो। यस छलफलले संसदीय गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।















