Logo

६ असार, काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सिंहदरबारमा महत्त्वपूर्ण छलफल भइरहेको छ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू सहभागी छन्। यो बैठक मुख्यतया संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल गर्न केन्द्रित रहेको बताइएको छ। लामो समयदेखि टुङ्गिन नसकेको संक्रमणकालीन न्यायको विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीचको यो छलफललाई चासोका साथ हेरिएको छ।

संसदमा निरन्तर अवरोध भैरहेको बेला तीन शीर्ष दलका शीर्ष नेता छलफलमा जुट्नुलाई महत्वका साथ हेरिएको छ ।

 


सम्बन्धित समाचार