Logo

६ असार, वीरगञ्ज । वीरगञ्ज महानगरले होटल तथा रेस्टुरेन्ट ब्यबसायीहरुलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको छ । स्थानीय उपभोक्ता हरुको स्वच्छ परिकार उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नका महानगर भित्र रहेका सम्पूर्ण होटल तथा रेस्टुरेन्टहरुलाई खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

शुक्रबार होटल मकालुमा आयोजित कार्यक्रममा वीरगञ्जका होटल तथा रेस्टुरेन्ट ब्यबसायीहरुलाई महानगरपालिकाका जन स्वस्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि अभिमूखीकरण सम्बन्धि विभिन्न विषय र पक्षहरु जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले महानगर अनुगमनकारी निकाय पनि भएकोले अनुगमन गर्नु अघि सबै होटल तथा रेस्टुरेन्ट ब्यबसायीहरुले खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गरून् भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरेको बताए । उनले अब महानगर अनुगमनमा आउँदा सम्पुर्णरूपमा चुस्त दुरुस्त हुन निर्देशन दिएका थिए ।

उनले सिकेका कुरालाई ब्यबहारमा उतार्न पनि अनुरोध गरे ।अभिमूखीकरण कार्यक्रमका सभापतित्व गरेका होटल तथा पर्यटन व्यावसायि संघ पर्साका अध्यक्ष हरि पन्तले अभिमूखीकरण होटल व्यावसायीहरुको लागि उपलब्धि मूलक रहेकोले यसबाट व्यावसायीहरुले धेरै कुराहरु सिक्ने मौका पाएको बताए ।

अध्यक्ष पन्तले अनुगमनकारी निकायहरुले अनुगमन गर्दा कतिपय कुराहरु ब्यबहारिक रूपमा समेत आत्मसात गर्नु पर्ने बताए । कार्यक्रम होटल एशोसिएसन अफ नेपाल (हान) मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष मोहन प्रधानले सन्चालन गरेका थिए ।


सम्बन्धित समाचार