Logo

७ असार, वीरगञ्ज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ मा आयोजित तीन महिनाको सिलाई कटाई तालिम सम्पन्न भएको छ । महिलाहरुको सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित तालिममा २० जना महिलाहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापन सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवंत यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । अध्यक्ष यादवले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारीको अवसर सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाको आयोजनामा सञ्चालित तालिमले महिला सशक्तीकरणतर्फ एक महत्वपूर्ण कदमको रुपमा लिइएको छ। सहभागी महिलाहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।


सम्बन्धित समाचार