७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिएको छ। शनिबार बिहान बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई कार्यवाहकबाट पूर्ण महामन्त्रीमा नियुक्त गरेको हो।
यसअघि, पार्टीका संस्थापक महामन्त्री डा। मुकुल ढकाललाई कारबाही गरिएपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो।
यसैगरी, रास्वपाले मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। उनी पनि यसअघि कार्यवाहक प्रवक्ताको भूमिकामा थिए।
शुक्रबार मात्रै, निर्वाचन आयोगले रास्वपाको महामन्त्रीका रूपमा डा। मुकुल ढकालकै विवरण रहेको जानकारी दिएको थियो। पार्टीले साधारण सदस्य समेतबाट हटाएका ढकालले आयोगसँग विवरण माग गरेपछि आयोगले यस्तो जवाफ दिएको थियो। यो घटनाक्रमपछि रास्वपाले बुर्लाकोटी र झालाई स्थायी जिम्मेवारी दिएको हो।















