Logo

७ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै त्यसका विरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ।

पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंको माइतीघरमा एक कार्यक्रम आयोजना गरी रास्वपाले यो अभियानको थालनी गरेको हो। पार्टीले लामिछानेमाथि भइरहेको भनिएको ’राजनीतिक प्रतिशोध’ को मुद्दालाई जनताको घरदैलोसम्म पु¥याउने जनाएको छ।

रास्वपाको लक्ष्य यो अभियानलाई सदन, सडक र घरदैलोसम्म विस्तार गर्नु हो। यसको उद्देश्य रवि लामिछानेमाथि लागेका आरोपहरू राजनीतिक पूर्वाग्रहले प्रेरित भएको भन्ने सन्देशलाई आम जनमानसमा पु¥याउनु रहेको छ।


सम्बन्धित समाचार