Logo

८ असार, काठमाडौं । आज संसदमा हंगामा भएको छ।

बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले अधिकांश जिल्लाले बजेट नपाउने तर कर मात्र तिर्ने अवस्था भएकाले अमेरिका, भारत वा चीनजस्ता देशलाई बाँकी ७२ जिल्ला भाडामा दिनुपर्ने धारणा राखेका थिए। सिंहको यो भनाइलाई लिएर सत्तापक्ष नेकपा ९एमाले० का प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका छन्। उनले सिंहको अभिव्यक्ति देशद्रोही भएको भन्दै संसदको रेकर्डबाट हटाउन र उनीमाथि कारबाही गर्न माग गरे।

सभामुखको आदेश

त्यसलगत्तै सभामुख देवराज घिमिरेले सिंहको भनाइलाई असंसदीय भन्दै रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए। तर, सभामुखको यो आदेशपछि पनि सिंहले आफ्नो भनाइ जारी राखे, जसलाई उनले नमान्ने बताए। यसपछि सत्तारुढ दलका सांसदहरूले सिंहविरुद्ध नाराबाजी गरेका थिए। अन्ततः सभामुख घिमिरेले सिंहलाई बोल्न रोकेका थिए।


सम्बन्धित समाचार