Logo

८ असार, काठमाडौं । भिजिट भिसा काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरुले आइतबार पनि संसद् बैठक बहिष्कार गरेका छन्। संसद्मा बजेटमाथि छलफल चलिरहेको बेला उनीहरू केही समय बैठकमा बसे पनि सत्ता पक्षका सांसद अर्जुननरसिंह केसीले बोल्न थाल्ने बित्तिकै बैठक छाडेर बाहिरिएका हुन्।

रास्वपा सांसदहरूले बैठक सुरु भएदेखि वेल घेरेर करिब एक घण्टा उभिएर आफ्नो विरोध जनाएका थिए। विपक्षी दलका सांसदहरूले धारणा राख्दा भने उनीहरू शान्त रूपमा सुनेका थिए। जेठ १३ गतेदेखि रास्वपाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै लगातार संसद् अवरोध गर्दै आएको छ।


सम्बन्धित समाचार