Logo

८ असार, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा ‘मनमानी’ भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले बजेट विनियोजन प्रक्रिया सही छ वा छैन भनी छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताए। केसीले दुई उपप्रधानमन्त्रीलाई आग्रह गर्दै भने, “तपाईंले बजेटमा प्रस्तुत गर्नुभएअनुसार विनियोजन ठीक छ कि छैन भनेर एउटा संसदीय समिति बनाऔं, त्यसले छानबिन गरोस्।” उनले संसदीय समिति गठन नभएमा सुशासन समिति वा लेखा समितिमा पठाउनुपर्नेमा जोड दिए। “यो मनपरी ढंगले जसरी विनियोजन गर्ने काम भएको छ, त्यो दुःखद् मात्र होइन, खेदपूर्ण हो,” उनले भने।

सांसद केसीले बजेट वितरणमा समान व्यवहार नभएको गुनासो गर्दै मन्त्री र शीर्ष नेताहरूको जिल्लामा परेको बजेट तथा अन्य जिल्लाहरूमा परेको बजेटबीच तुलना गर्नुपर्ने बताए। “मेरो गुनासो के हो भने तद्अनुरुप समान व्यवहार भयो कि भएनरु” केसीले प्रश्न गरे, “नयाँदेखि पुराना सबै माननीयहरूलाई बजेटले सन्तुलित गर्ने काम गर्‍यो कि गरेन? मन्त्रीज्यूहरू र शीर्ष नेताहरूको जिल्लामा राखिएको बजेट र पूरै देशको बजेट एक ठाउँमा राखेर तुलना गरौं, के स्थिति हुन्छ, यसमा छानबिन गर्नुपर्छ।”


सम्बन्धित समाचार