Logo

८ असार, काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चालू आर्थिक वर्षभन्दा कम बजेट विनियोजन गरेको छ।

महानगरले चालू आर्थिक वर्षमा ५ अर्ब ४६ करोडको बजेट ल्याएकोमा, आगामी वर्षका लागि भने ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो। महानगरपालिकाको प्रक्षेपणअनुसार आगामी वर्षको आयका स्रोतहरूमा आन्तरिक आयबाट १ अर्ब ८० करोड रुपैयाँ ९घरजग्गा रजिस्ट्रेसन, खानी तथा खनिजजन्य पदार्थको बाँडफाँट समेत), अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार रुपैयाँ प्राप्त हुनेछ।

यसैगरी, संघीय राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख रुपैयाँ र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार रुपैयाँ गरी कुल ४५ करोड ९५ लाख ४१ हजार रुपैयाँ संकलन हुने अनुमान छ। अन्य स्रोतहरूमा जनसहभागितारश्रमदानबाट ५ करोड रुपैयाँ, बैंक मौज्दातबाट ७० करोड रुपैयाँ, र सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ रहने महानगरले जनाएको छ।

सामाजिक सुरक्षा लगायतका अन्तर्सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३५ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ, जसको खर्च तथा लेखांकन सोही शीर्षकबाट व्यस्थापन गरिने महानगरले स्पष्ट पारेको छ।

 


सम्बन्धित समाचार