८ असार, काठमाडौं । नेपालका वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म ६२।०८ प्रतिशतले बढेर ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
गत वर्षको सोही अवधिको २३ अर्ब ७४ करोड रुपैयाँको तुलनामा यो उल्लेखनीय वृद्धि हो। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, ग्लोबल आइएमई बैंक ५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्तिसहित शीर्ष स्थानमा छ। दोस्रोमा हिमालयन बैंकको ५ अर्ब १२ करोड रुपैयाँ र तेस्रोमा एनआईसी एशिया बैंकको ४ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ।
अन्य बैंकहरूमा नबिल बैंकको ३ अर्ब ७९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ११ करोड, कुमारी बैंकको २ अर्ब ५५ करोड, र प्राइम कमर्सियल बैंकको २ अर्ब ३६ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ। लक्ष्मी सनराइज, प्रभु, एनएमबि, सिटिजन्स र कृषि विकास बैंकको गैरबैंकिङ सम्पत्ति एक अर्ब रुपैयाँभन्दा माथि रहेको देखिन्छ। यसबाहेक, माछापुच्छ्रेको ९ अर्ब माथि र एसबीआई तथा सानिमाको ८ अर्ब माथि गैरबैंकिङ सम्पत्ति छ।
उल्लेखनीय रूपमा, स्टान्डर्ड चार्टर्ड बैंकको गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ भने नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा कम २० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।















