प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

८ असार,जगरनाथपुर । जगरनाथपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका २८ वटा विद्यालयमा अध्ययनरत शैक्षिक रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ। गाउँपालिकाले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक र प्रेरणादायी वातावरण सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिक्षालाई प्राथमिकतामा राख्दै मेधावी विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यो पहल गरिएको बताए। उनले विद्यार्थीहरूलाई उत्कृष्ट बनाउँदै देशको भविष्य उज्यालो बनाउन यस्ता प्रोत्साहनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

स्थानीय विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूले गाउँपालिकाको यस कदमको खुलेर स्वागत गरेका छन्। यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास र लगनशीलता बढ्ने विश्वास लिइएको छ। गाउँपालिकाको यो कार्यले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार