Logo

९ असार, वीरगञ्ज । भारत–नेपाल सीमा नजिक रहेको पूर्वी चम्पारणको रक्सौल नाकाबाट शनिबार साँझ एक इराकी नागरिकलाई अवैध रूपमा भारत प्रवेश गर्न खोज्दा पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्ति ४७ वर्षीय फौजी हामिद अल बयाती बगदाद, इराकको अल दोरा क्षेत्रका बासिन्दा हुन् ।

भारतको सुरक्षा निकायले नियमित जाँचका क्रममा उनलाई रक्सौल बॉर्डरमा नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, अल बयाती नेपालमार्ग हुँदै भारत प्रवेश गर्न खोजिरहेका थिए तर उनको साथमा भारत प्रवेशका लागि आवश्यक वैध भिसा थिएन ।

पक्राउ परेका इराकी नागरिक मेकानिकल इञ्जिनियर रहेको बताइएको छ। सुरक्षाकर्मीहरूका अनुसार उनी यसअघि दुईपटक भारत आइसकेका थिए तर यसपटक बिना भिसा प्रवेशको प्रयास गरेका हुन्। घटनाले सुरक्षा निकायहरूलाई सतर्क बनाईएको छ र उनीसँग सम्भावित उद्देश्यबारे विस्तृत सोधपुछ भइरहेको छ ।

यस संदिग्ध गतिविधिका कारण सुरक्षाकर्मीहरूले सीमा क्षेत्रमा निगरानी थप कडा बनाएका छन् । इराकी नागरिकको पृष्ठभूमि, नेपालमा बिताएको समय, भारत आउनुको उद्देश्य लगायतका विषयमा गहिरो अनुसन्धान भइरहेको छ।

नेपाल–भारत खुला सिमानाका कारण देखिएको यो घटनाले सुरक्षा चुनौती थपिएको भन्दै सम्बन्धित निकायहरूलाई थप सजग हुन विज्ञहरूले आग्रह गरेका छन्।


सम्बन्धित समाचार