९ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग र गृहमन्त्रीको राजीनामालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
आजको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए। रास्वपाले आज पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्याएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।















