Logo

प्रतिकात्मक चित्र

९ असार,वीरगञ्ज । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

काठमाडौँबाट भिठ्ठामोड (महोत्तरी)तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको बस बिहान करिब ४ः३० बजे अनियन्त्रित भई सडकको दक्षिण किनारमा झन्डै ७ फिट तल खसेको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बसमा २५ जना यात्रु सवार थिए।

प्रहरीका अनुसार बस पल्टिएको अवस्थामा फेला परेको छ भने चालक दुर्घटनापछि फरार भएका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले चालकको खोजी जारी रहेको जानकारी दिए।

घाइते यात्रुहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार