९ असार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले ओली सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ।
जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनले बताए अनुसार, केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन र आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेको निष्कर्ष निकालेको छ। यही निष्कर्षका आधारमा पार्टीले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने निर्णय गरेको हो।
यो निर्णयले वर्तमान राजनीतिक समीकरणमा केही परिवर्तन आउन सक्ने सम्भावना देखाएको छ।















