९ असार, काठकाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो सम्भावित हत्याको आशंकामा तीन वरिष्ठ धर्मगुरुलाई उत्तराधिकारीका रूपमा चुनेका छन्। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकी आक्रमणपछि खामेनीले सबै विद्युतीय सञ्चार बन्द गर्दै यो कदम चालेका हुन्।
उक्त रिपोर्टमा जनाइएअनुसार, खामेनीले ती तीनमध्ये एक जनालाई आफ्नो उत्तराधिकारी बनाउन इरानको विशेषज्ञहरूको सभालाई निर्देशन दिएका छन्। इजरायलले खामेनी पनि बाँकी नरहने धम्की दिइसकेको र अमेरिकाले पनि खामेनीलाई खोजिरहेको बताइन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको दुई दिनअघि इरानी सर्वोच्च नेता लुकेको स्थान थाहा भएको तर अहिले नै उनलाई नमार्ने प्रतिक्रिया दिएका थिए। यसैबीच, खामेनी हत्याको डरले सुरक्षित बंकरमा लुकिरहेको रिपोर्टहरू पनि सार्वजनिक भइरहेका छन्।
यो घटनाक्रमले इरानको राजनीतिक भविष्यमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा हेर्न बाँकी छ।















