Logo

९ असार, काठमाडौं। बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार उक्त टोलीको औपचारिक घोषणा गरेको हो। टोलीको मुख्य प्रशिक्षणको जिम्मेवारी यमप्रसाद गुरुङले सम्हाल्नेछन्।
आगामी जुलाई ११ देखि २२ सम्म सञ्चालन हुने यस च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र भुटानले सहभागिता जनाउनेछन्। नेपालले यस च्याम्पियनसिपमा सशक्त प्रदर्शन गर्ने अपेक्षा गरेको छ।

नेपाली टोलीका खेलाडीहरूः

गोलरक्षकः लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ

डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया

मिडफिल्डरः अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार

फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर


सम्बन्धित समाचार