९ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। आज (सोमबार) भएको थुनछेक बहसपछि अदालतले यो निर्णय सुनाएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो।
अमला रोका सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मानिएका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। ठमेलमा रहेको होटेल भियना उनकै नाममा दर्ता रहेको छ।















