१० असार, काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकतर्फका सबै उडानहरू रद्द गरिएका छन्, जसका कारण सयौँ यात्रुहरू हिजो रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्।
सोमबार राति ११ बजे कतारको दोहाका लागि उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमान तनावका कारण रद्द गरिएपछि यात्रुहरू विमानस्थलमै रोकिएका थिए। वैदेशिक रोजगारीका लागि जान लागेका धेरै यात्रुहरू रातभर विमानस्थलमै सुत्न बाध्य भए। राति १ बजेतिर प्रहरीले उनीहरूलाई विमानस्थलबाट बाहिर निकालेको थियो।















