१० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी समस्याको अब दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार यस विषयमा गम्भीर रहेको र आवश्यक कदम चालिसकेको बताएका हुन्।
गृहमन्त्रीका अनुसार, सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। यस समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। लेखकले उक्त समितिले भिजिट भिसाको दुरुपयोग रोक्नका लागि तत्कालिन र दीर्घकालीन दुवै प्रकारका समाधानहरूका लागि सुझाव दिने बताए। उनले थप स्पष्ट पार्दै भने, ‘समितिले नीतिगत र कानुनी सुधार आवश्यक देखेमा त्यसको मस्यौदा समेत तयार पारेर पेस गर्नेछ, जसलाई सरकारले तत्काल कार्यान्वयनमा ल्याउनेछ।















