१० असार, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक–इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको जनाएको छ। प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
नेतान्याहुले आजै आधिकारिक वक्तव्य जारी गर्ने तयारी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यो घोषणा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा युद्धविराम अब सुरु भइसकेको छ। कृपया यसको उल्लंघन नगर्नुहोस् भनी पोस्ट गरेलगत्तै आएको हो। यसअघि पनि ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए।
गए राति इजरायलले तेहरानमाथि क्षेप्यास्त्र हमला गरेपछि त्यसको जवाफमा मंगलबार बिहान इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो। इरानी आक्रमणमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार युद्धविराम लागु हुनुअघि मिसाइल आक्रमणको अन्तिम चरण सम्पन्न भएको थियो।
यसैबीच, इरानको तास्नीम समाचार एजेन्सीका अनुसार देशको उत्तरपश्चिमी गिलान प्रान्तमा इजरायली हवाई आक्रमणले चारवटा आवासीय युनिटलाई लक्षित गर्दा नौ जना सर्वसाधारणको ज्यान गएको छ। उक्त आक्रमणले वरपरका धेरै घरहरूमा क्षति पुर्याएको र ३३ जना घाइते भएका, जसमध्ये १६ जना महिला र बालबालिका रहेको बताइएको छ। पाँच जना घाइतेलाई अस्पतालमा भर्ना गर्नुपरेको छ। यस युद्धविराम सम्झौताले इराक(इजरायल सीमा विवादलाई समाधान गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।















