Logo

फाइल तस्वीर

१० असार ,विराटनगर। कोशी प्रदेशमा कोरोना संक्रमणका घटनाहरूमा वृद्धि भइरहेको बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। इलाम, सूर्याेदया नगरपालिकाकी ३९ वर्षीया ती महिलाको आज मंगलबार बिहान अस्पताल भर्ना गरेलगत्तै आकस्मिक कक्षमा उपचारका क्रममा निधन भएको हो।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, मृतक महिलालाई करिब सात दिनदेखि श्वासप्रश्वासमा समस्या र ज्वरो आउने जस्ता स्वास्थ्य जटिलताहरू देखिएका थिए। सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गर्दा उनमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई विराटनगरको नोबेल अस्पतालमा रिफर गरिएको थियो, तर दुर्भाग्यवश उपचारकै क्रममा उनको मृत्यु भयो। शवलाई हाल प्रहरीको जिम्मा लगाइएको छ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिने क्रम जारी छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार, हाल कोशी प्रदेशभरि ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यीमध्ये झापाका ४ जना, र मोरङ तथा इलामका २–२ जना संक्रमित रहेका छन्। यस घटनाले प्रदेशमा कोरोना भाइरसको जोखिम अझै कायमै रहेको देखाएको छ।


सम्बन्धित समाचार