१० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दुई दलका शीर्ष नेताहरूबीच आज सिंहदरबारमा महत्त्वपूर्ण छलफल भएको छ।
भेटमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी थिए। एकीकृत समाजवादीका तर्फबाट भने अध्यक्ष नेपालसँगै वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल र वरिष्ठ नेता वेदुराम भुसाल लगायतका नेताहरूको उपस्थिति थियो।
एकीकृत समाजवादीका वरिष्ठ नेता वेदुराम भुसालले छलफलमा संसद्मा भइरहेका गतिविधि, विचाराधीन विधेयकहरू र बजेट लगायतका विषयमा कुरा भएको जानकारी दिए। नेताहरूबीच देशको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि विस्तृत छलफल भएको बताइएको छ।















