Logo

१० असार,काठमाडौं । विशेष अदालतको बृहत् इजलासले दृष्टि साप्ताहिकका प्रकाशक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई अदालतको अवहेलना सम्बन्धी बयानका लागि तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित ६ जना न्यायाधीशको इजलासले अदालतका ६ जना कर्मचारीले ’दृष्टि साप्ताहिक’ र यसको अनलाइन संस्करणमा प्रकाशित समाचारले अदालतको अवहेलना गरेको भन्दै पेश गरेको प्रतिवेदनमाथि छलफलपछि यो निर्णय गरेको हो।

अदालतले अवहेलना आकर्षित हुने गरी प्रकाशित भनिएको समाचारलाई कुनै पनि परिमार्जन नगरी यथास्थितिमा राख्न आदेश दिएको छ। यसका साथै, यो अवहेलना मुद्दालाई फौजदारी लगतमा समावेश गर्न पनि आदेश दिइएको छ। फौजदारी लगतमा परेका मुद्दामा आरोपितहरूलाई अदालतमा उपस्थित गराएर नै बयान लिने प्रक्रिया रहेको छ।


सम्बन्धित समाचार