११ असार, वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका(१०, निबुवा टोलमा सेफ्टिक ट्यांकीमा खसेर दुई जना बालबालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, स्थानीय गरिमा साहका एक वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मंगलबार साँझ पौने ८ बजे हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेर मृत्यु भएको हो। उनीहरू खेल्ने क्रममा ट्यांकीमा खसेका थिए।
बालबालिकालाई तत्काल ट्यांकीबाट निकालेर चन्द्रपुर सरकारी अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याएको केही समयमै, अर्थात् राति ८स्१५ बजे, चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।















