११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुनुभएको छ।
पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उहाँ अदालतमा हाजिर हुनुभएको हो। अहिले विशेष अदालतमा नेपालको बयान सुरु भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहनुभएका नेपालले विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान दिँदैहुनुहुन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ।















