Logo

११ असार,काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सरेको छ। यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले दिएको जानकारी अनुसार दिउँसो ३ बजेसम्मका लागि सारिएको हो।

आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, र समसामयिक राजनीतिक विषय लगायतका एजेन्डामा छलफल हुने नेताहरूले बताएका छन्।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ। सोही महाधिवेशनको तयारीका लागि यो बैठक डाकिएको हो।


सम्बन्धित समाचार