११ असार, काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा हालैका दिनहरूमा निक्षेप वृद्धि देखिएको छ।
नेपाल राष्ट्र बैंकको असार ७ र ८ गतेको तथ्यांकअनुसार, बैंकिङ निक्षेपमा ७ अर्ब रुपैयाँले वृद्धि भएको छ। असार ७ गते ७० खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट असार ८ गते बढेर ७० खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी, सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ७ अर्बले बढेर ६२ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेपसँगै सो अवधिमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ। असार ७ गते बैंकिङ प्रणालीबाट ५५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार ८ गते यो रकम ५५ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरूले पनि असार ७ गते ४९ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा असार ८ गते ४९ खर्ब ५२ अर्ब रुपैयाँ प्रवाह गरेका छन्।
हाल अन्तरबैंक ब्याजदर २।९५ प्रतिशत र कर्जा–निक्षेप अनुपात (CD Ratio) ७८दशमलव १८ प्रतिशत रहेको छ। यसले प्रणालीमा तरलता सहज हुँदै गए पनि कर्जाको माग अपेक्षाकृत रूपमा बढ्न नसकेको देखाउँछ।















