Logo

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयकहरूलाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले विषयगत समितिबाट गहन छलफलपछि पारित भएका विधेयकहरू पनि संसदको पूर्ण बैठकमा पुग्दा चलखेल हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

समयमै विधेयक पारित गर्नुपर्ने दबाब

प्रचण्डले केही संवेदनशील र असाध्यै महत्त्वपूर्ण विधेयकहरूलाई असार १५ गतेभित्रै पारित गरिसक्नुपर्ने अवस्था रहेकोमा जोड दिनुभयो। समितिमा अध्ययन गरेर सर्वसम्मत वा मतदानबाट पारित भएका विधेयक संसद्को पूर्ण बैठकमा पुग्दासम्म धेरै चलखेल हुने गरेको छ, उहाँले भन्नुभयो, विधेयकलाई अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस्। यहाँबाट पारित भएका विधेयक समयै सदनमा प्रस्तुत होस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। उहाँले समितिका सभापतिलाई पनि विधेयक चाँडै अगाडि बढाउन तदारुकता देखाउन आग्रह गर्नुभयो।

कानुन संशोधनमा वैचारिक द्वन्द्व

प्रचण्डले नेपालमा समयअनुसार ऐन, नियम र कानुन परिवर्तन नहुँदा समस्या आएको बताउनुभयो। उहाँले राजतन्त्र र गणतन्त्र पक्षधरहरूबीचको वैचारिक बहसले कानुन संशोधनमा जटिलता थपेको धारणा राख्नुभयो।

एकथरीलाई पहिलेकै ऐन, नियम, कानुन, संस्कृति ठीक थियो भन्ने खालका धारणा आएका छन्,ू प्रचण्डले भन्नुभयो, अर्को प्रवृत्ति समय अनुसार ऐन, नियम, कानुन, संस्कृति बदलिनुपर्छ भन्ने खालको धारणा छ। त्यसकारण यी दुई प्रवृत्तिबीच बहस भइरहेको छ। उहाँले अब गणतन्त्रलाई सुदृढ गर्ने हिसाबले विधेयकहरू बनाउनुपर्ने र सोही अनुसार ऐन र कानुन बन्नुपर्नेमा जोड दिनुभयो।

प्रचण्डले राजनीतिक प्रणाली र त्यसलाई सञ्चालन गर्ने नेतृत्वको सोच, शैली र प्रभाव सबैतिर पर्ने भएकाले यी सबै पक्षलाई ध्यान दिएर विधेयकहरू आउनुपर्नेमा जोड दिनुभयो।


सम्बन्धित समाचार