Logo

११ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३३ अंकले घटेर २ हजार ६०० दशमलव २० विन्दुमा झरेको छ। बजारमा सामान्य गिरावट आए पनि कारोबार रकम भने बढेर झन्डै ६ अर्ब रुपैयाँ पुगेको छ।

आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र म्युचुअल फन्डबाहेकका सबै समूहको सेयर मूल्य घटेको छ। विशेषगरी व्यापार समूहको सेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।

व्यक्तिगत कम्पनीतर्फ, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर साढे ९ प्रतिशतले घटेको छ भने मोदी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

आज ३ सय ११ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएका छन्। हिजो ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो।


सम्बन्धित समाचार