१२ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ।
प्राधिकरणको बुधबार बसेको बैठकले गरेको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई पोखरा विमानस्थलको जिम्मेवारी दिइएको छ। निरौलाको स्थानमा अब प्राधिकरणका पूर्व प्रवक्ता हंसराज पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको भूमिका सम्हाल्नेछन्। यस्तै, पोखरा विमानस्थलका यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई भने प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। यस हेरफेरले दुवै महत्त्वपूर्ण विमानस्थलहरूको व्यवस्थापनमा नयाँ नेतृत्व आएको छ।














