१२ असार, काठमाडौं । पछिल्ला दुई दिनमा ३,२०० रुपैयाँले घटेको सुनको मूल्य आज सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँको वृद्धि भएको छ।
आजका लागि छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९२ हजार ३०० रुपैयाँ तोकिएको छ। हिजो ९बुधबार० सुनको मूल्य प्रति तोला १ लाख ९२ हजार २०० रुपैयाँ थियो। यसअघि मंगलबार सुनको मूल्य १,७०० रुपैयाँ र बुधबार १,५०० रुपैयाँले घटेको थियो।
यस वर्षको सबैभन्दा उच्च मूल्य भने वैशाख ९ गते १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो। सुनसँगै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रति तोला २ हजार १७५ रुपैयाँ निर्धारण गरेको छ।















