Logo

१३ असार, काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा सार्वजनिक भएको छ। बेलुका बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार एसइई नतिजा सार्वजनिक गरेको छ।

अहिले बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिरहेको छ ।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

 


सम्बन्धित समाचार