Logo

१९ असार,वीरगञ्ज । रौतहटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, सोनार खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बाराको प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

कलैयामै उपचारका क्रममा सोनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताउनुभयो। मृतकको शव हाल प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै