२३ असार,काठमाडौं । नक्कली नोट कारोबारको आरोपबाट भर्खरै छुटेका युनुस अन्सारी अहिले सम्पत्ति शुद्धीकरण मुद्दामा फसेका छन्। यसै सन्दर्भमा आज जिल्ला अदालत, काठमाडौंमा उनको थुनछेक बहस हुँदैछ।
अन्सारीको बयान आइतबार न्यायाधीश बलराम लम्सालको इजलासमा दिनभर चलेको थियो। तर, बयान सकिए पनि थुनछेक बहसका लागि समय अपुग भएपछि उनलाई पुनः हिरासतमा फिर्ता पठाइएको थियो।
आजको बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने भन्नेबारे आदेश जारी गर्नेछ। अन्सारीविरुद्ध स्रोत नखुलेको ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
















