Logo

२४ असार, काठमाडौं । नेपाल चिकित्सक सङ्घको आह्वानमा स्वास्थ्यकर्मीहरूले आज पनि देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू बहिष्कार गरेका छन् ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै चिकित्सकहरूले यो आन्दोलनलाई निरन्तरता दिएका हुन् । हिजोदेखि सुरु भएको यो सेवा बहिष्कारमा सरकारी, निजी अस्पताल तथा क्लिनिकहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नेपाल चिकित्सक सङ्घले उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था संशोधन गर्नुपर्ने मुख्य माग राखेको छ । सरकारबाट कुनै सार्थक पहल नभएको भन्दै सङ्घले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।

हालै, उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै केही अस्पतालहरूलाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । सङ्घका अनुसार, यदि उपभोक्ता संरक्षण ऐनअन्तर्गत चिकित्सकीय सेवामा क्षतिपूर्ति भराउने हो भने चिकित्सकहरूले आत्मसुरक्षाका लागि अनावश्यक जाँचहरू गर्नुपर्ने, उपचार प्रक्रियामा मनोवैज्ञानिक ह्रास आउने ‘रिफरल का केस बढ्ने र अन्ततः बिरामीको उपचार शुल्क कैयौँ गुणाले बढ्नेछ ।


सम्बन्धित समाचार