२४ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि करदाताहरूको सुविधालाई ध्यानमा राख्दै एक महत्वपूर्ण घोषणा गरेको छ। महानगरपालिकाको नगर कार्यपालिका कार्यालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखा यही साउन ३२ गते शनिबारका दिन पनि खुला रहने भएको छ।
सम्पत्ति तथा भूमिकर (मालपोत), व्यवसाय कर, र बहाल कर जस्ता दैनिक रूपमा असुल गरिने करहरू तिर्न सहज होस् भन्ने उद्देश्यले यो विशेष व्यवस्था करदाताहरूलाई गरिएको महानगरले जनाएको छ । सामान्यतया शनिबार सार्वजनिक बिदा हुने भए पनि कर भुक्तानीको चापलाई व्यवस्थापन गर्न र करदाताहरूलाई थप समय उपलब्ध गराउन यो निर्णय गरिएको राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ।

















