Logo

२५ असार, बुटवल । निरन्तरको वर्षासँगै खुर्सानी खोलानजिक सडक भासिएपछि पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दुम्किबास खण्डमा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक भासिएर लु१क ५८२७ नम्बरको ट्रक फसेपछि सोमबार रातिदेखि नै सो खण्डमा यातायात ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार सडक अबरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधन बर्दघाटको टिसिएनचोकमा र पश्चिमबाट आउने सवारीसाधन दुम्किबासतर्फ रोकिएको छ।

सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भएको प्रहरीले जनाएको छ।

खुर्सानी खोलामा यसअघि पनि पटक–पटक सडक भासिँदा आवागमन प्रभावित हुँदै आएको थियो। नारायणगढ–बुटवल सडक विस्तारको काम जारी रहे पनि दाउन्ने खण्डको करिब १४ किलोमिटर सडकको निर्माणमा ढिलाइ हुँदा बारम्बार सडक अवरुद्ध हुने समस्या दोहोरिएको छ।


सम्बन्धित समाचार