Logo

२६ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगरस्थित लर्डस दियालो होटलको स्वीमिङ पुलमा डुबेर हिजो बुधबार एक बालकको ज्यान गएको छ।

मृतक बालक वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियार हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार बजरंगी स्वीमिङ पुलमा नुहाउने क्रममा डुबेर अचेत भएका थिए। तत्काल अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।


सम्बन्धित समाचार
भर्खरै