Logo

२६ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर-बैंक कारोबारमा उल्लेख्य गिरावट देखिएको छ।

यस अवधिमा कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँ बराबरको अन्तर-बैंक कारोबार भएको छ। वाणिज्य बैंकहरूले एक–आपसमा १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँको कारोबार गरेका छन् । अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकबाहेक) ले १५० अर्ब ३३ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने अन्तर-बैंक कारोबारको आकार निकै ठूलो थियो । २०८०/८१ को ११ महिनामा कुल ४० खर्ब ६० अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस बेला वाणिज्य बैंकहरूको कारोबार ३७ खर्ब १ अर्ब ४३ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ थियो ।

यो तथ्यांकले अघिल्लो वर्षको तुलनामा अन्तर–बैंक कारोबारमा ठूलो संकुचन आएको देखाउँछ । यसले बैंकिङ प्रणालीमा तरलताको अवस्था वा अन्तर–बैंक ऋणलेनदेनको आवश्यकतामा आएको परिवर्तनलाई संकेत गर्न सक्छ ।


सम्बन्धित समाचार
भर्खरै