२६ असार, वीरगञ्ज । नेपाली कांग्रेसका मधेस प्रदेश सभा सदस्य श्याम पटेलले वीरगन्जमा देखिएको खानेपानीको चरम समस्याप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले खानेपानीको अभावले आम नागरिकले भोग्नुपरेको सास्तीबारे सरकारलाई तत्काल ध्यान दिन आग्रह गरेका हुन्।
आफ्नो मातृभाषा भोजपुरीमा बोल्दै सांसद पटेलले वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा खानेपानीको समस्या विकराल बन्दै गएको र यसले जनजीवनलाई प्रत्यक्ष असर पारेको बताए। लामो समयदेखि यो समस्या समाधान हुन नसकेको भन्दै उनले प्रदेश सरकारले यसमा गम्भीरतापूर्वक चासो देखाउनुपर्नेमा जोड दिए।
ूवीरगन्ज जस्तो ठूलो शहरमा खानेपानीको अभाव हुनु लाजमर्दो कुरा हो। जनताले स्वच्छ खानेपानी पाउनु उनीहरूको मौलिक अधिकार हो,ू सांसद पटेलले भने। उनले खानेपानीको समस्या समाधानका लागि दीर्घकालीन योजनाका साथ काम गर्न र तत्कालका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन्।
सांसद पटेलले यस विषयमा सरकारको जवाफ माग गर्दै समस्या समाधानका लागि ठोस कदम चाल्न दबाब दिएका छन्। वीरगन्जमा खानेपानीको समस्या विगत लामो समयदेखि रहँदै आएको छ।















