२८ असार,वीरगञ्ज । द्वन्द्वकालमा बन्दुकको गोली लागेर शारीरिक रूपमा कमजोर भई हाल ७२ वर्षको उमेरमा पूर्ण रूपले अपाङ्गता भएका वीरगन्ज महानगरपालिका वार्ड नं. २ छपकैया निवासी शेख आलमलाई उपकार सेवा नेपालले ह्विलचेयर सहयोग गरेको छ।
आर्थिक र स्वास्थ्य अवस्था दयनीय भएका आलमको दैनिक जीवन केही सहज बनाउने उद्देश्यले उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले उनको घरमै पुगेर एक कार्यक्रमबीच ह्विलचेयर हस्तान्तरण गरिन्।
सो अवसरमा संस्थाका सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारु, कपडा बैंकका अध्यक्ष लालबबु सिंह लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

















