२८ असार,वीरगञ्ज । नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा एक दिने मानव अधिकार शिक्षा कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ।
मानव अधिकार संगठनका पूर्व अध्यक्ष कमल मोहन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका थिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, तथा पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले मानव अधिकारको वर्तमान अवस्था, यसका चुनौती र संवेदनशील पक्षहरूबारे प्रकाश पारेका थिए।
उनीहरूले मानव अधिकारको संरक्षण, पत्रकारिता र कानूनका विविध आयामहरूमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए।
नेपाल बार एसोसिएसन पर्साका कोषाध्यक्षले सहजीकरण गरेको यस कार्यक्रममा स्थानीय अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।















