प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका अधिकांश वडामा चापाकल सुकेर खानेपानीको गम्भीर सङ्कट बढेपछि पर्साकै जगरनाथपुर गाउँपालिकाले ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वीरगञ्ज महानगरका विभिन्न वडामा ट्यांकरमार्फत पानी वितरण गर्न थालेका हुन्। पहिलो दिन शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा पानी वितरण गरिएको अध्यक्ष यादवले जानकारी दिए।

अध्यक्ष यादवले शनिबारदेखि पानी वितरणको काम सुरु गरिएको र आगामी बुधबारदेखि महानगरका अन्य वडाहरूमा पनि पानी वितरण गरिने बताए।

“चापाकल सुकेर खानेपानीको सङ्कट नै परेका बेला मानवताको भावनाले आफूले यो काम थालेको हुँ,“ उनले भने, “महानगरमा पानीको समस्या समाधान नहुँदासम्म पानी वितरण कार्यलाई निरन्तरता दिइनेछ।“

यसैबीच, वीरगञ्ज महानगरपालिकाले पनि महानगरका विभिन्न वडाहरूमा ट्यांकरमार्फत पानी वितरण कार्य सुरु गरेको छ।


सम्बन्धित समाचार