Logo

२९ असार, पर्सागढी (पर्सा) । पर्साको पर्सागढी नगरपालिकाबाट बन गस्ती टोलीले सालको अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई पक्राउ गर्न सफल भएको छ। उनीहरूबाट ४ थान सालको गोलिया र तस्करीमा प्रयोग गरिएको साइकल बरामद गरिएको छ ।

शनिबार राति करिब १२ बजे सबैया साझेदारी वन क्षेत्रबाट अवैध रूपमा काटिएको सालको काठ साइकलमा बोकेर रतनपुरतर्फ लैजाँदै गर्दा पर्सागढी–४ स्थित भेडाहा टोल नजिकै वन गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उक्त गस्ती टोली सब डिभिजन बन कार्यालय सबैयाका रेन्जर भुपाल रोकायको नेतृत्वमा खटिएको थियो ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–४ पसरामपुर निवासी अब्दुला देवान र वीरगञ्ज महानगरपालिका–३१ मिलनचोक निवासी जोखुवा रहेका छन् । दुबै जना काठ तस्करीमा संलग्न ‘नामुद तस्कर’ रहेको र उनीहरूसँगै रहेका अन्य दुई जना भने वन गस्ती टोलीलाई देखेपछि भाग्न सफल भएको रेन्जर रोकायले जानकारी दिए ।

फरार तस्करहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको समेत उनले बताए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्ज पठाइएको छ ।


सम्बन्धित समाचार