Logo

२९ असार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आइतबार यो आदेश जारी गरेको हो।

आदेशमा रास्वपाले निर्वाचन आयोगमा पेस गरेका कागजातहरू र अभिलेख अद्यावधिकसम्बन्धी कागजातहरू झिकाउन भनिएको छ।

ढकालले आफूलाई रास्वपाको महामन्त्रीमा कायम गरिनुपर्ने र आफूमाथि रास्वपाले गरेको कारबाहीले मान्यता पाउन नहुने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।


सम्बन्धित समाचार
भर्खरै